Headlines

इडब्लुभिएलमा गण्डकी थन्डर्सको ठाँउमा ‘पोखरा निन्जाज’ को प्रवेश

इडब्लुभिएलमा गण्डकी थन्डर्सको ठाँउमा ‘पोखरा निन्जाज’ को प्रवेश

इडब्लुभिएलमा गण्डकी थन्डर्सको ठाँउमा ‘पोखरा निन्जाज’ को प्रवेश

काठमाडौं, असार ३२ – वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि गण्डकी थन्डर्सको स्थान अब ‘पोखरा निन्जाज’ले लिने भएको छ। गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी हुने नयाँ टोली ‘पोखरा निन्जाज’ भीसर्भ समूहको स्वामित्वमा रहेको हो।

इडब्लुभिएलको पहिलो संस्करणमा ६ टोली सहभागी थिए। दोस्रो संस्करणमा पनि सोही संख्या कायम राख्दै पोखरा निन्जाज सातौं टोलीका रूपमा प्रतियोगितामा आबद्ध भएको इडब्लुभिएलकी सिइओ स्नेभी चापागाईंले जानकारी दिइन्।

गण्डकी प्रदेशलाई नेपाली भलिबलका लागि निकै सम्भावनायुक्त भूगोल मानिँदै आएको छ। यही आधारमा पोखरा निन्जाजले प्रदेशको प्रतिनिधित्व गर्दै आफ्नो परिचय स्थापित गर्न लागेको जनाएको छ।

निन्जाज टोलीले छिट्टै मार्की खेलाडी, मुख्य प्रशिक्षक तथा गुडविल एम्बासडरबारे औपचारिक जानकारी दिने बताएको छ।

इडब्लुभिएलको दोस्रो संस्करणको अक्सन यही शुक्रवार (साउन ५ गते) हुँदैछ भने लिगको आयोजना भदौमा हुने पक्का भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *