आगामी निर्वाचनका लागि सवा लाख म्यादी प्रहरी भर्ना प्रस्ताव, ४ अर्ब रुपैयाँ खर्चको अनुमान

म्यादी प्रहरी भर्ना, निर्वाचन सुरक्षा, नेपाल प्रहरी, आमनिर्वाचन २०८२, गृह मन्त्रालय, सुरक्षा कार्यदल, प्रहरी भर्ती, नेपाली सेना, सशस्त्र प्रहरी, प्रतिनिधिसभा निर्वाचन २०८२

कार्तिक २१, २०८२।  उपसना पौडेल

म्यादी प्रहरी भर्ना, निर्वाचन सुरक्षा, नेपाल प्रहरी, आमनिर्वाचन २०८२, गृह मन्त्रालय, सुरक्षा कार्यदल, प्रहरी भर्ती, नेपाली सेना, सशस्त्र प्रहरी, प्रतिनिधिसभा निर्वाचन २०८२

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मुलुकभरको सुरक्षालाई सुदृढ बनाउन सवा लाख म्यादी प्रहरी भर्ना गर्ने प्रस्ताव अघि सारिएको छ। प्रहरी प्रधान कार्यालयले २१ फागुनका लागि तय भएको आमनिर्वाचनको तयारीस्वरूप कम्तीमा १ लाख १५ हजार म्यादी प्रहरी आवश्यक पर्ने प्रारम्भिक प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ।

खाकाअनुसार म्यादी प्रहरीका तालिम, पोसाक, पारिश्रमिक र भत्तामा मात्रै ४ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। २०७९ को आमनिर्वाचनको अनुभवलाई आधार मानेर यस पटक सुरक्षा रणनीति र संरचना थप व्यवस्थित बनाइएको प्रहरी स्रोतले जनाएको छ।

नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू सम्मिलित एकीकृत निर्वाचन सुरक्षा कार्यदल गठन भइसकेको छ। कार्यदलले देशभर संयुक्त गस्ती र जोखिम मूल्यांकन सुरु गरिसकेको बताइएको छ।

प्रधानसेनापति अशोकराज सिग्देलले हालै प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलाई सैनिक मुख्यालयमा बोलाएर चुनावी सुरक्षा अवस्थाको समीक्षा गरेका थिए।

गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा बनेको अर्को समिति पनि निर्वाचन सुरक्षा नीतिको अन्तिम प्रारूप तयार पार्दै छ, जसलाई केन्द्रीय सुरक्षा समितिबाट अनुमोदन गरी अन्ततः निर्वाचन आयोगसँग समन्वयमा लागू गरिनेछ।

यस पटक पनि म्यादी प्रहरीलाई ४० दिनको अवधिमा खटाउने र प्रहरी जवान सरहको तलब सुविधा उपलब्ध गराउने तयारी भइरहेको छ। २०७९ को निर्वाचनमा ५ लाखभन्दा बढी जनशक्ति परिचालन गरिएको थियो, जसमा ३ लाख सुरक्षाकर्मी र २ लाख ५० हजारजति कर्मचारी थिए।

प्रहरी अधिकारीका अनुसार भित्री घेरामा प्रहरी, सहयोगीको रूपमा म्यादी, र संवेदनशील क्षेत्रहरूमा सेना तथा सशस्त्र प्रहरीलाई बाहिरी सुरक्षा घेरा बनाएर खटाइने योजना तयार भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।