आउने चुनावमा कसरी परिचालित हुँदैछ नेपाली सेना

Nepal Election Security, Nepali Army Deployment, General Election Nepal, सुरक्षा चुनौती, जेनजी आन्दोलन, सेना परिचालन योजना, निर्वाचन २०८२, मतदान केन्द्र सुरक्षा, , , ,

मंसिर १५, २०८२।  काठमाडौं दैनिक संवाददाता

Nepal Election Security, Nepali Army Deployment, General Election Nepal, सुरक्षा चुनौती, जेनजी आन्दोलन, सेना परिचालन योजना, निर्वाचन २०८२, मतदान केन्द्र सुरक्षा, , , ,

काठमाडौ – आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना यसपटक अघिल्ला चुनावहरूभन्दा धेरै अगाडि नै परिचालन हुने तयारीमा छ। मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपति रामचन्द्र पौडेलले ११ मंसिरमा सेना परिचालन स्वीकृत गरेसँगै अब सेना तीन चरणमा निर्वाचन सुरक्षामा जुट्ने भएको हो।

नेपाली सेनाले यसपटक निर्वाचन सुरक्षालाई तीन चरण- निर्वाचन पूर्व, निर्वाचन अवधिमा र निर्वाचन पश्चातमा विभाजन गरेको छ। सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, जोखिमयुक्त क्षेत्र पहिचान, गस्ती, मनोवैज्ञानिक दबाब तथा वातावरण निर्माणका लागि निर्वाचनपूर्व नै सेना परिचालन हुने तयारी गरिएको छ। स्रोतका अनुसार पुसको पहिलो सातादेखि सडक गस्ती थाल्ने अनुमान गरिएको छ।

Nepal Election Security, Nepali Army Deployment, General Election Nepal, सुरक्षा चुनौती, जेनजी आन्दोलन, सेना परिचालन योजना, निर्वाचन २०८२, मतदान केन्द्र सुरक्षा, , , ,

मतदान अवधिमा सेना सबैभन्दा बाहिरी सुरक्षा घेरामा रहनेछ। मतदान केन्द्रमा कुनै असामान्य अवस्था उत्पन्न भए मात्र बाह्य घेरामा बसेको सेनाले हस्तक्षेप गर्नेछ। मतदान केन्द्रको प्रत्यक्ष सुरक्षाको जिम्मा भने नेपाली प्रहरी र सशस्त्र प्रहरीकै हातमा रहनेछ।

निर्वाचनपछि मतपेटी संकलन, ढुवानी र गणनास्थलको सुरक्षा समेत सेनाले नै सम्हाल्नेछ। यसका लागि सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबीच संयुक्त रूपमा समन्वय टोली गठन गरिएको छ।

यसपटक जेनजी आन्दोलनपछिका सुरक्षा चुनौती, हातहतियार र गोली–गठ्ठा हराउने घटना, थुनुवा फरारजस्ता घटनाले सुरक्षा निकायहरूलाई थप सतर्क बनाएको सुरक्षा स्रोतको भनाइ छ।
यिनै कारणले यो वर्ष सेना परिचालन अघिल्लो वर्षहरूभन्दा करिब तीन महिना अगाडि स्वीकृत गरिएको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।