आउने चुनावमा कसरी परिचालित हुँदैछ नेपाली सेना

Nepal Election Security, Nepali Army Deployment, General Election Nepal, सुरक्षा चुनौती, जेनजी आन्दोलन, सेना परिचालन योजना, निर्वाचन २०८२, मतदान केन्द्र सुरक्षा, , , ,

मंसिर १५, २०८२।  काठमाडौं दैनिक संवाददाता

Nepal Election Security, Nepali Army Deployment, General Election Nepal, सुरक्षा चुनौती, जेनजी आन्दोलन, सेना परिचालन योजना, निर्वाचन २०८२, मतदान केन्द्र सुरक्षा, , , ,

काठमाडौ – आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना यसपटक अघिल्ला चुनावहरूभन्दा धेरै अगाडि नै परिचालन हुने तयारीमा छ। मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपति रामचन्द्र पौडेलले ११ मंसिरमा सेना परिचालन स्वीकृत गरेसँगै अब सेना तीन चरणमा निर्वाचन सुरक्षामा जुट्ने भएको हो।

नेपाली सेनाले यसपटक निर्वाचन सुरक्षालाई तीन चरण- निर्वाचन पूर्व, निर्वाचन अवधिमा र निर्वाचन पश्चातमा विभाजन गरेको छ। सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, जोखिमयुक्त क्षेत्र पहिचान, गस्ती, मनोवैज्ञानिक दबाब तथा वातावरण निर्माणका लागि निर्वाचनपूर्व नै सेना परिचालन हुने तयारी गरिएको छ। स्रोतका अनुसार पुसको पहिलो सातादेखि सडक गस्ती थाल्ने अनुमान गरिएको छ।

Nepal Election Security, Nepali Army Deployment, General Election Nepal, सुरक्षा चुनौती, जेनजी आन्दोलन, सेना परिचालन योजना, निर्वाचन २०८२, मतदान केन्द्र सुरक्षा, , , ,

मतदान अवधिमा सेना सबैभन्दा बाहिरी सुरक्षा घेरामा रहनेछ। मतदान केन्द्रमा कुनै असामान्य अवस्था उत्पन्न भए मात्र बाह्य घेरामा बसेको सेनाले हस्तक्षेप गर्नेछ। मतदान केन्द्रको प्रत्यक्ष सुरक्षाको जिम्मा भने नेपाली प्रहरी र सशस्त्र प्रहरीकै हातमा रहनेछ।

निर्वाचनपछि मतपेटी संकलन, ढुवानी र गणनास्थलको सुरक्षा समेत सेनाले नै सम्हाल्नेछ। यसका लागि सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबीच संयुक्त रूपमा समन्वय टोली गठन गरिएको छ।

यसपटक जेनजी आन्दोलनपछिका सुरक्षा चुनौती, हातहतियार र गोली–गठ्ठा हराउने घटना, थुनुवा फरारजस्ता घटनाले सुरक्षा निकायहरूलाई थप सतर्क बनाएको सुरक्षा स्रोतको भनाइ छ।
यिनै कारणले यो वर्ष सेना परिचालन अघिल्लो वर्षहरूभन्दा करिब तीन महिना अगाडि स्वीकृत गरिएको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १४, २०८२।  काठमाडौँ दैनिक संवाददाता

कुलमान घिसिङ, बालेन शाह, काठमाडौं महानगरपालिका, उज्यालो नेपाल पार्टी, राजनीतिक भेट, देश निर्माण, सहरी विकास, ऊर्जा सुधार, फोटो भेट, ट्रेन्डिङ समाचार, , , y, , ,

काठमाडौँ – उज्यालो नेपाल पार्टी गठन गरेर सक्रिय रूपमा राजनीतिमा उत्रिएका कुलमान घिसिङले काठमाडौं महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेका छन्। शनिबार बालेनकै निवासमा भएको भेटको तस्बिर घिसिङले फेसबुकमा सार्वजनिक गर्दै लेखेका छन्, देश बनाउने अभियानमा हामी सँगै छौं।

राजनीतिक भेटघाट र समसामयिक बहसबीच आएको यो फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको छ। ऊर्जा क्षेत्र सुधारका अभियन्ताका रूपमा परिचित कुलमान र काठमाडौं सहरी व्यवस्थापनमा आक्रामक शैली अपनाउँदै आएका मेयर बालेन दुवैको भेटलाई नागरिकले सकारात्मक सन्देशका रूपमा लिएका छन्।

बालेन सचिवालयका अनुसार दुवैबीच देश विकास, सहरी पूर्वाधार, ऊर्जा व्यवस्थापन तथा सम्भावित सहकार्यका एजेन्डामा कुराकानी भएको थियो।

भेटबारे विस्तृत विवरण सार्वजनिक नगरिए पनि ‘देश निर्माणमा साझेदारी’ भन्ने घिसिङको टिप्पणीले नागरिक स्तरमा थप अपेक्षा जागेको देखिन्छ।