Headlines

अन्तर विद्यालय पौडी प्रतियोगितामा २५० विद्यार्थी सहभागी

जेम्स स्कुल पौडी च्याम्पियन, अन्तर विद्यालय पौडी प्रतियोगिता २०८२, नेपाल स्कुल स्पोर्ट्स, स्कूल स्तरको पौडी प्रतिस्पर्धा, सातदोबाटो पौडी प्रतियोगिता

जेम्स स्कुल पौडी च्याम्पियन, अन्तर विद्यालय पौडी प्रतियोगिता २०८२, नेपाल स्कुल स्पोर्ट्स, स्कूल स्तरको पौडी प्रतिस्पर्धा, सातदोबाटो पौडी प्रतियोगिता

काठमाडौं, साउन ११ – काठमाडौंस्थित सातदोबाटो खेलकुद परिसरमा सम्पन्न प्रथम अन्तर विद्यालय उमेर समूह पौडी प्रतियोगितामा जेम्स स्कुलले सर्वाधिक ८४१ फिना अंकसहित उपाधि जितेको छ।

प्रतियोगितामा निसर्ग बाटिका स्कुलले ५६९ अंकसहित दोस्रो र प्रिमियर इन्टरनेसनल स्कुलले ३६९ अंकसहित तेस्रो स्थान हासिल गरेका छन्। दुई दिने यो प्रतियोगितामा २ सय ५० विद्यार्थी सहभागी भए भने कुल ५३ वटा स्पर्धा समावेश थिए।

समापन समारोहमा प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्की र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले विजयी खेलाडीलाई पुरस्कार वितरण गरेका थिए।

समारोहमा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानहरुलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो। प्रतियोगिता संयोजक मुखिया लामाले विद्यालय स्तरमा पौडी खेलको विकास र लोकप्रियताका लागि यस्ता प्रतियोगिता अत्यन्तै महत्वपूर्ण हुने बताए।

नेपालमा विद्यालयस्तरबाट खेलकुद संस्कारलाई बढावा दिन पौडीजस्तो फिजिकल र फोकस आवश्यक पर्ने खेलको अभ्यास प्रतियोगिताबाट नै सम्भव हुनेमा आयोजक टोलीले जोड दिएको छ।

जेम्स स्कुल – च्याम्पियन (८४१ फिना अंक)
निसर्ग बाटिका स्कुल – दोस्रो स्थान (५६९ अंक)
प्रिमियर इन्टरनेसनल स्कुल – तेस्रो स्थान (३६९ अंक)
प्रतिभागी संख्या – २५० विद्यार्थी
प्रतिस्पर्धा संख्या – ५३ इभेन्ट
समापन सम्मानित अतिथि – डा. तोसिमा कार्की र जगतमान श्रेष्ठ रहेका थिए ।

सम्पूर्ण विद्यालयलाई पौडी प्रशिक्षण र प्रतिस्पर्धामा सहभागी गराउने उद्देश्यले गरिएको प्रतियोगिता भविष्यमा अझ विस्तारित गर्ने योजना रहेको आयोजकले सार्वजनिक जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *