साफ च्याम्पियनसिप आजदेखि ललितपुरमा सुरु हुंदै, उपाधी हत्त्याउने नेपालको लक्ष्य

12

२ भदौ, काठमाडौं ।दक्षिण एसियाली राष्ट्रहरुबीच १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि ललितपुरमा सुरु हुंदैछ ।

प्रतियोगितामा ६ टिमले सहभागिता जनाउने छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे हुने पहिलो खेलमा आज बंगलादेश र श्रीलंकाबिच प्रतिस्पर्धा हुदैछ । भोलि भारत र माल्दीभ्स भिड्नेछ भने नेपालले आगामी सोमवार माल्दिभ्स विरुद्धको पहिलो खेलबाट च्याम्पियनसिपमा आप्mनो यात्रा सुरु गर्नेछ । बुधवार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल समूह ‘बी’ मा रहेको छ । समूह ‘ए’ मा बंगलादेश, भुटान र श्रीलंका रहेका छन् भने समूह ‘बी’ मा नेपाल सहित भारत र माल्दिभ्स छन् । प्रतियोगिताका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् ।

एएफसी १६ वर्षमुनिको छनोटका लागि साफले १५ वर्षमुनिको च्याम्पियनसिप गराएर नयाँ शैली अपनाएको छ । यसैवीच नेपालले उपाधि जित्ने लक्ष्यका साथ खेल्ने जनाएको छ । आज भएको प्रि—म्याच कम्फेरेन्समा मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले मुख्य लक्ष्य उपाधि रहेको भन्दै त्यसका लागि नेपाली टोलीले राम्रो तयारी गरेको बताए ।

श्रेष्ठले घरेलु मैदानमा प्रतियोगिता भएकाले यसको फाईदा उठाउँदै सके उपाधि तथा नसके कम्तीमा पनि सेमिफाइनल पुग्ने लक्ष्य लिएको बताए ।-Nepali Headlines

Loading...