गृह मन्त्रालयले आजदेखि बाढी पीडितलाई एक महिनासम्म पुग्ने खाद्यान्न दिँदै, कुन जिल्लाबाट कति ? (सूचीसहित)

18

काठमाण्डु, १ भदौ – गृह मन्त्रालयले आजदेखि बाढी पहिरोपीडितलाई एक महिनासम्म पुग्ने खाद्यान्न वितरण गर्ने बताएको छ ।

गृहमन्त्री जनार्दन शर्माले स्थानीय प्रशासनमार्फत ५० केजी चामलसहित दाल, तेल लगायतका सामाग्री वितरण गर्न लागेको बताएका छन् । सप्तरी लगायतका जिल्लामा कुहिएको चामल बाँड्नेलाई कारबाही गर्ने प्रक्रिया अघि बढाइएको मन्त्री शर्माले जानकारी दिए ।

कुन जिल्लामा कति कति राहत वितरण ?

पाँचथर: त्रिपाल–४१ वटा, कम्वल ५ वटा, कपडा२० थान, चिउरा८२ केजी, विस्कुट७२ दर्जन ।

झापा: त्रिपाल १५७५ वटा, राहत सामग्री १२सेट, झुल ७२१ थान, भाँडा १५५ सेट । कचनकवल गाउँपालिकामा मृत्यु भएका राम भन्ने पवन राजवंशीका परिवारलार्इ नगद दुई लाख राहत वितरण गरिएको ।

मोरङ: त्रिपाल ३२५६ वटा, कम्वल ८२५, चकटी २९३ वटा, झुल २८५ वटा, बाल्टिन ३१५ वटा, प्लाष्टिक ४४ रोल, चामल १८९५ क्विन्टल, दाल १६० केजी, चिउरा ७०० केजी, भुजिया १६४२ केजी, विस्कुट २०० कार्टुन, पानी ११६ कार्टुन, चाउचाउ १०० कार्टुन, चिनी ५५ केजी, नुन २२५० केजी ।

सुनसरी: त्रिपाल १०८ वटा, चामल १५ हजार ५०० केजी, दाल ९७० केजी, चिउरा १९ हजार ४०० केजी, भुजिया १० हजार ७०० केजी, विस्कुट ४९०० प्याकेट, तेल ६२० लि, चाउचाउ २८५० कार्टुन, नुन ९५० केजी ।

सप्तरी: पोका ९१ परिवारका लागि बनाएको भुजिया, चिउरा, चाउचाउ, बिस्कुट १३७८ थान, चाउचाउ १२४ कार्टुन, पानी ९२ कार्टुन, भुजिया ९१ बोरा, बिस्कुट ५ कार्टुन । क्षेत्रीय आपतकालीन गोदाम घर सुनसरीबाट ८००० थान त्रिपाल ल्याइएको छ।

सिराहा: त्रिपाल ३१० वटा, चामल ३६५० केजी, दाल ३३५ केजी, नुन ३४१ केजी, चिउरा ६४५ केजी, भुजा ४८१ केजी, दालमोठ १८७ केजी, तेल २८ लिटर, पिठो ४०० केजी, डोरी ५०० मिटर ।

सर्लाही: त्रिपाल ४०७ वटा, कम्वल ३० वटा, जग ३० वटा, कपडा २०० सेट, चामल १० हजार २०० केजी, दाल १२०० केजी, चिउरा १३ हजा २३० केजी, भुजिया १५ बोरा, दालमोठ ५५ बोरा, बिस्कुट ३० कार्टुन ।

महोत्तरी: त्रिपाल १५२ वटा, म्याट्रेस १२५ वटा, कपडा ४०० थान, चामल १०० बोरा, दाल २० केजी, चिउरा १७६७ केजी, भुजा ६२ केजी, विस्कुट ५२५ प्याकेट, पानी ७४० बोतल, चाउचाउ ।

धनुषाः नेपाली सेनाको एम.आइ १७ हेलिकप्टरबाट सक्रौल र सिटौलमाा ४–४ टन राहत सामग्री पठाइएको । यसै गरी रौतहटको माधवपुर, देपही सर्लाहीको गढैया, महोत्तरीको लोहारपट्टीमा सानो हेलिकप्टरबाट १ –१ ट्रिप ५–५ सय केजी चामल ।

रौतहटः चिउरा २९९५० केजी, दाल ६०० केजी, तेल ६०० लिटर, त्रिपाल ५७१ वटा, ड्राइफुड १५६ बोरा, दालमोठ १८९ केजी, मुरई २५२ केजी, पानी ५८ कार्टुन, चाउचाउ ४० कार्टुन, सिमी १७ बोरा ।

बाराः त्रिपाल ४३० वटा, बाल्टीन ३४४ वटा, हाइजीन किट, ३१० वटा, चिउरा ४८ बोरा, चाउचाउ ४२ कार्टुन, दालमोठ ७८ केजी, डोरी ३१० प्याकेट, चामल ३४० केजी, दाल ३४ केजी, आलु १०२ केजी, कपडा ३४ थान, बिस्कुट १७० प्यकेट, औषधी ३४ वट्टा ।

पर्साः त्रिपाल ३०६ वटा भाडा १७१ सेट, चामल २१०० केजी, चिउरा ३७० केजी, भुजीया १०५० केजी, दालमोठ १५७ केजी, ापानी ३६ बोतल, चाउचाउ १६८० प्याकेट, नुन ५०० केजी, औषधी १ कार्टुन ।

मकवानपुरः त्रिपाल २७ वटा, क्याट्रेस ४ रोल, कम्वल १६ वटा, टेन्ट २ वटा, चामल १००० केजी, तचेल ६२ लिटर, गेडागुडी १० केजी, बिस्कुट ५० प्याकेट, आलु १०० केजी ।

नवलपरासीः ड्राई फुड ४५३० परिवारका लागि, झुल ४०० वटा, त्रिपाल २४० वटा, चिउरा ५० बोरा, चाउचाउ ३० कार्टुन, पानी ३० कार्टुन ।

बाँकेः चिउरा १४१२७ केजी, चिनी २२९७ केजी, पानी १२२६२ बोतल, नुन १४८३ केजी, चाउचाउ ५२२५७ प्याकेट, विस्कुट ३३३०० प्याकेट, चामल १००० केजी, भुजा १३९० केजी, औषधी २ कार्टुन ।

बर्दियाः त्रिपाल ३५ वटा, चामल २० क्वीण्टल, चिउरा २०० केजी नुन २५ केजी २० केजी बिस्कुट, चाउचाउ ११२ कार्टुन ।

कैलालीः त्रिपाल ३८२ वटा, कम्वल ५० वटा, झुल १४० वटा, चामल, १२.५ क्वीन्टल, दाल १५० केजी, चिउरा १०१४ केजी, भुजीया ३८ केजी, विस्कुट १०० प्याकेट । -Kathmandu Today

Loading...