भरतपुर अपडेट: ९९ मतले रेणु दाहाल अगाडि

12

भरतपुर, २१ साउन । भरतपुर महानगरपालिका वडा नम्बर २० को जारी मतगणनामा माओवादी-काँग्रेस गठबन्धनकी रेणु दाहालले ९९ मतले अग्रता लिएकी छिन् ।

२४ सय मत गणना हुँदा रेणुले नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीलाई ९९ मतले पछाडि पारेकी छिन् । भरतपुर २० नम्बर वडामा ३३ सय २ मत खसेको थियो । आज मध्यरातिसम्म अन्तिम मतपरिणाम आउने भएको छ ।

Loading...