पाँच पाँच करोडका गाडीको आश्वासनले भरतपुर बारे गलत फैसला

14

मोहराज शर्मा मोहन

यतिबेला देशमा दोश्रो चरणको निर्वाचन सम्पन्न भै सबै ठाउँको मतपरिणाम सार्वजनिक भएर जनप्रतिनिधिहरु सपथ ग्रहण र जनपक्षिय निर्णयहरु भटाभट गरीरहेका बेला पहिलो चरणमा सम्पन्न भरतपुर महानगरपालिकाको मतपरिणाम अझै सार्वाजनिक भएको छैन । १९ नम्बर वडाको मतगणना हुदै गर्दा जनप्रतिनिधिहरुलेनै मतपत्र च्यातेपछि रोकिएको मतगणनाको मुद्दा सबोच्च अदालतसम्म पुग्यो पटकपटक गर्दै चार पटकसम्म म्याद थप्दै आएको सर्बोच्च अदालतको सोमबारको बहसले पनि फैसला गर्न सकेन र थप ६ दिनलाई लम्ब्याउदै अर्को आइतबारसम्म सारेपछि यतिबेला भरतपुर महानगरपालिकाका जनतामा चरम निरासा छाएको छ । जनप्रतिनिधि मार्फत तिब्र बिकासको आशा गर्दै उत्साहजनक मतदान गरेका जनताको भावनामा त गम्भीर ठेस पुगेको छ नै तर यहिँ बिषयमा यहाँका जनप्रतिनिधिले के सोच्दैछन यसै बिषयको जवाफ खोज्दै हामी एमालेको तर्फबाट मेयरका उमेद्दार देबी ज्ञवालीसंग पुगेका थियौ हेरौ सुनौलो नेपालले उहाँसंग गरेको कुराकानीको सम्पादित अश् …

अदालत सम्बेदनशील भएन

न्याय प्रणालीमा ढिलो न्याय गर्नु भनेको न्याय नगर्नु हो भन्ने किवदन्ती छ । लाखौ जनताको भावनासंग जोडिएको भरतपुर महानगरपालिकाको बिषयमा सर्बोच्च अदालतको गम्भीर ध्यान पुगेको छैन कहिले श्रीमान् ज्युहरुको फुर्सद हुन्न कहिले बाहिर जानुपर्ने भएको छ । अदालत जनताको मुद्दामा जति सम्बेदनशील हुनुपर्ने हो त्यति गम्भीर देखिएन यद्दपी अदालतका आफ्ना बाध्यात विवशता होलान तर लाखौ जनताको भावनासंग जोडिएको यो बिषयमा जति छिटो निर्णयमा पुग्नुपर्ने हो त्यसो भएन अहिले जनताले राम्रो भएन भनेर अनुभूत गरिसकेका छन यसका पछी कुनै बाह्य शक्तिको भूमिका होला तर ढिलो हुदाँ जनतामा आक्रोस पैदा भैसकेको छ । जनताको आक्रोस सधै सिधा बाटोमा मात्र व्यक्त नहुन सक्छ हामी अदालतको सम्मान गर्न चाहन्छौ अदालतले पनि भएका नियम बिधि राट्रिय अन्तराष्ट्रिय नजिरहरुलाई मध्यनजर गर्दै न्यायाधिसहरुले पनि निर्भिकताका साथ् छिटो निर्णय गरुन ।

निर्वाचन आयोग ५ करोडको गाडीमा लोभियो

निर्वाचन आयोगको कब्जामा बाकसहरु थिए । त्यतिबेला न कसैले निर्वाचन अधिकृतलाई कब्जामा लिएको थियो न त मतपत्र नै तर कब्जा गरीएको भनेर निर्वाचन आयोगले गलत व्याख्या गर्यो । प्रहरीका एसपीले समेत माओबादीले च्यातेको हो भन्नु भो त्यसका भिडियो क्लिपहरु पनि छन गलत मनसायले च्यातिएको मतपत्रलाई बदर गरी न्याय दिनु पर्नेमा सत्ताको रापतापमा निर्वाचन आयोग लोभियो किन यसरी लोभिएका रहेछन भनेको त जनताले तिरेको करबाट ५/५ करोडका गाडी किन्दिने आवश्वासन रहेछ अहिले पुरा गर्दैछन ।

जब मतगणना १९ नम्बर वडामा आयो

मतगणना गर्दै १९ नम्बर वडामा आउदा उहाँहरुको (काङ्ग्रेस माओबादी केन्द्र) अनुमान रहेछ मलाई ४/५ सय मतले पछी पार्ने थियो तर त्यो वडामा मेरो ५१ मत मात्र घट्यो भनेको ७८४ को अग्रता थियो त्यो ७३३ मा झर्यो उहाँहरुको अनुमान फेल भयो अब बाकि रहेको २० नम्बरले कुनै हालतमा मेरो जित रोक्न नसक्ने अवस्था आयो उहाँहरुको मुहार मलिनो भइसकेको थियो अनि खाना खान जाउ भन्नु भो बाहिर सबै सेटिंङ्ग मिलाएर आउनु भएछ त्यसपछि त्यस्तो घटना घटाउनु भयो कतिपयका माथी गरीएका बाचा कसम होलान यहाँ जिताउने ठेक्का लिएकाहरुको लेनदेन होला त्यो सबै मिलाउन नसकेपछी षडयन्त्र पुर्वक योजनाबद्द हिसाबले मतपत्र च्यातिएको छ

चितवन काङ्ग्रेस नेतृत्व पनि दोषी

यो घटनापछी चितवनमा लोकतान्त्रिक प्रक्रियामा बिश्वास गर्ने र बिपीको आदर्शका अनुयायीहरुको मन रोएका छ तर यसको पर्दा भित्रको दोषी चितवन काङ्ग्रेस नेतृत्व हो यो घटना घटाउने योजनामा उहाँहरुको भित्री साथ छ तर बाहिर हामी होइनौ जस्तो गर्नु भो मतपत्र च्यातिदा हामी निदाएका थियौ भन्नु भो १७ जना काङ्ग्रेसका प्रतिनिधि भित्र थिए एकैपटक १७ जना कांग्रेसीहरु कसरी निदाए आखै अगाडी माओबादीले च्यातेको देखेर माओबादीले हो भन्न सक्नु भएन र तुरुन्तै पुनः मतदानको माग गर्नु भो यसमा उहाँहरु माओबादीको मतियार बन्नु भो यसमा उहाँहरुको (चितवन काङ्ग्रेस नेतृत्व) ठुलो आश्वासन लेनदेन र सौदाबाजी छ sunaulo nepal

Loading...