वरुणको बिवाहले ततायो बलिउड

20

वरुणको बिवाहले ततायो बलिउड

फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट बलीउडमा डेब्यु गरेका वरुण धवनका फिल्मलाई लिएर निकै चर्चा रहने गरेको छ । उनको बारेमा सबैलाई आश्चर्यमा पार्ने कुरा बाहिर आएको छ ।

कहिलेकाहिँ उनको नाम विनाकारण कुनै न कुनै अभिनेत्रीसँग जोडिने गर्छ तर अब त उनले आफ्नो बिवाहको खबरले अहिले बलीउड तातेको छ । वरुणले छिट्टै बिहे गर्ने कुराको चर्चाले यतिबेला भारतीय सञ्चार माध्यममा तहल्का मच्चिरहेको छन् । वरुण धवनले छिट्टै गर्लफ्रेण्ड नताशा दलालंसँग बिहे गर्ने जानकारी उक रिपोर्टले दिएको छ ।

वरुण सधै नताशासँगको सम्बन्धलाई लिएर केही चुप थिए । तर, अब यो खबर आएपछि वरुण छिट्टै यस सम्बन्धलाई नयाँ नाम अर्थात ुइन्गेजमेन्टु गर्ने कुरा बाहिरिएको छ । समाचारको अनुसार, नताशा प्राय वरुण धवनको पारिवारिक जमघटमा समेत बाक्लै उपस्थित हुन्छिन् । विवाहको विषयमा भने अहिलेसम्म वरुणले मुख खोलेका छैनन् । एजेन्सी

Loading...