नखरा देखाएर अरुलाई तनाव दिने बलिउडका चर्चित अभिनेत्री (फोटो फिचर)

11

नखरा देखाएर अरुलाई तनाव दिने बलिउडका चर्चित अभिनेत्री (फोटो फिचर)

बलिउडका अभिनेत्रीहरु जति चर्चित छन् त्यति नै विवादित र बदनाम पनि छन् । हुन त सेलिब्रेटीहरुका सबै खाले चर्चाहरु आउँछन् । यस्तै बलिउडमा सर्वाधिक नखरा गर्ने अभिनेत्रीको सूची सार्वजनिक भएको छ । जो बाहिरका मान्छे र छिमेकीहरुलाई तनाव दिन सबैभन्दा अगाडी मानिएका छन् । आफू स्टार भएको भन्दै यी अभिनेत्रीहरुले आफ्ना छर छिमेकीहरुलाई झन्झट दिने गरेको भारतीय सञ्चार माध्यममा चर्चा छ ।

१ क्याट्रिना कैफ चर्चित अंग्रेजी अखबार मिड डेमा प्रकाशित एक रिपोर्टका अनुसार क्याट्रिना कैफले एक पटक विमानमा हंगामा गरिन् । उनलाई एयरहोष्टेसले विमानमा बेल्ट बाँध्नु पर्छ भने पछि उनी एयरहोष्टेसमथि खनिएकी थिइन् । अन्त्यमा एयर होष्टेसले क्याट्रिनासँग क्षमायाचना गरेपछि मात्र साम्य भएको थियो । त्यस्तै उनले फिल्म ब्याङ ब्याङमा रवाफ देखाएर गरेको फोटो शुट पनि ब्यापक विवादमा तानिएको थियो ।

२ प्रियंका चोपडा

विभिन्न अवार्ड जितेकी बलिउड अभिनेत्री प्रियंका चोपडा पनि नखरा देखाउन र अरुलाई दुःख दिन सिपालु मानिएकी छिन् । iDiva.com का अनुसार प्रियंकालाई कैयौं पटक निर्देशक तथा निर्माताले समेत मनाउन सक्दैनन् । उनलाई मन नपरेको कुरा भयो भने उनले तनाव दिन्छिन् । मेरी कोम बनाउने समयमा उनले अड्डी कँसेपछि निर्देशकले दिक्क मानेर अभिनेत्री फेर्ने सम्मको विचार गरेको बताइएको छ ।

३ करीना कपूर करिना त झनै करिना भइन् । iDiva.com को खवर अनुसार करिनाले मधुर भंडाकरको फिल्म ‘हिरोइन’ मा अनुबन्ध हुनका लागि अनेक शर्त राखेकी थिइन् । उनले कुनै पनि प्रेमिल सिन नराख्ने शर्त राखेपछि निर्देशक दिक्क भएका थिए । त्यस्तै उनले हालै मात्र विमानस्थलमा तस्विर खिचाउन चाहने एक फ्यानलाई दुर्ब्यवहार गरेकी थिइन् ।

४ मल्लिका शेरावत बलिउडकी सेक्स बम मल्लिका शेरावत पनि नखरामा अगाडी छिन् । उनले हालै मात्र ‘बिन बुलाए बाराती’ भन्ने गीतका लागि ओमपुरी, गुलशन ग्रोवर र राजपाल यादवसँग शुटिङ गर्न नमानेर तनाव दिएकी थिइन् । उनको नखराले फिल्म पुरा गर्न धौ धौ भएको थियो ।

Loading...