विवादमा नेपाल आइडलः ‘एनसेल र एनटिसीले कति दियो कमिसन ?’

17

विवादमा नेपाल आइडलः ‘एनसेल र एनटिसीले कति दियो कमिसन ?’

काठमाडौं, साउन १ । नेपाल आइडलको चर्चा चलिरहँदा यसबारे विवादास्पद कुराहरु बाहिरिन थालेका छन् । पछिल्लो समय पब्लिक भोटिङको आधारमा नेपाल आइडल छान्ने भनिएपछि यस्ता अनेक अनेक टिप्पणी हुन थालेको छ ।

एउटै सिम कार्डबाट एकैजनाले ५ सयसम्म भोट गर्न पाउने प्रावधान राखेपछि सामाजिक संजालहरुमा नेपाल आइडलको नियतमाथि नै प्रश्न उठ्न थालेको छ । वैज्ञानिक तरिकाले छान्नुपर्नेमा एसएमएसको आधारमा नेपाल आइडल छान्ने हो भने त्यो त्यो अवैज्ञानिक हुने धेरैको राय छ ।

यही विषयलाई लिएर सामाजिक संजालमा नेपाल आइडलले नेपाल टेलिकम र एनसेलसँग आर्थिक साँठगाँठ गरेको हुनसक्ने आशंका पनि ब्यापक भएको छ । अधिकांश दर्शकले सामाजिक संजालमा नेपाल आइडल आयोजक र टेलिकमबचि अपारदर्शी रुपमा लेनदेन भएको आरोप लगाएका छन् ।

पछिल्लो एपिसोडमा कन्टेस्टेन्ट मेनुका पौडेल राम्रो गायकी हुँदा हुँदै कम भोटकै कारण बाहिरिएपछि यस्ता असन्तुष्टि आउन थालका हुन् । मेनुकाले भोट किन्न नसक्दा नै उनी बाहिरिनु परेको भन्दै थुप्रै दर्शकले चिन्ता ब्यक्त गरेका छन् ।

नेपाल आइडलको फेसबुकमा एक दर्शक रोशन न्यौपाने भन्छन्, ‘५ सय पर मोवाइल नभएर एउटा मोवाइलबाट एउटा मात्रै एसएमएस गर्ने व्यवस्था हुनुपर्छ । पैशाले हैन ट्यालेन्टले जित्नुपर्छ ।’ यस्तै अर्का सामाजिक संजाल प्रयोगकर्ता पारश ज्ञवालीको असन्तुष्टि छ, ‘आयोजकलाई एनसेल र एनटिसीले कमिसन दिने होला !’ उनी अगाडि लेख्छन्, ‘एनटिसी र एनसेलले कति दियो कमिसन ?’

‘यो पारदर्शी भएन,’ शुसान्त खजुम भन्छन्, ‘साच्चिकै प्रतिभा खोज्ने हो भने एक सिमकार्डबाट एउटा मात्रै भोट गर्नुपथ्र्यो । नत्र पैशा जोसँग छ उसले धेरै भोट किन्नसक्ने हुन्छ ।’ पारश बरालको त्यस्तै असन्तुष्टि छ, ‘यहाँ को धनी कन्टेस्टेन्ट छ यहीबाट थाहा हुन्छ हेर्दै जाउँ ।’

‘५ सय भोट गर्न मिल्ने भएपछि अब यहाँ ट्यालेन्टको अर्थ रहेन । जोसँग पैशा छ उसैले जित्ने’ चिन्ता ब्यक्त गर्छन्, रोहित न्यौपाने । नेपाल आइडलमाथि आशंका गर्दै सामाजिक संजालमा यस्ता थुप्रै असन्तुष्टि पोखिएका छन् । भोटिङ त देखाउने बहाना मात्रै भएर पैशा कमाउने कमिसनको खेल भएको बताउँछन् नारा थुलुङ ।

नेपालीपत्र बाट साभार 

Loading...