शेटमा बितेको थियो शाहरुख खानको बिहेपछिको पहिलो रात

16

शेटमा बितेको थियो शाहरुख खानको बिहेपछिको पहिलो रात

मुम्बई – बलिउड स्टार शाहरुख खानले बलिउडमा २५ वर्ष बिताइसकेका छन् । यी स्टारले गौरी खानसँग बिहे गरेको पनि धेरै नै भइसकेको छ । उनै स्टार खानले भारतीय सञ्चारमा दिएको एक अन्तर्वार्तामा आफूले बिहेपछिको पहिलो रात फिल्मको सेटमै बिताएको बताएका छन् ।

साथै उनले उक्त अन्तर्वार्तामा आफूले बिहेको पहिलो दिन नै मुम्बई शिफ्ट भएको पनि बताए । ‘हामीले बिहेको पहिलो रात फिल्मको सेटमा बिताएका थियौं ।’ उनले अन्तर्वार्तामा भनेका छन्, ‘पहिलो दिन नै गौरीसँग कुरा मिल्न थालिसकेको थियो ।’

उनले त्यतिबेला स्टारडमको बारेमा केही थाहा नपाएको पनि बताए । उक्त अन्तर्वार्तामा आफ्नो बच्चाको बारेमा पनि बताए । आर्यनको जन्मभन्दा पहिले भने केही समय गौरीसँग कुरा नमिलेको पनि उनले अन्तर्वार्तामा भनेका छन् । छोटो समय ठाकठुक परेपनि पछि भने गौरीसँग खुबै मिल्ने पनि बताएका छन् ।

Loading...