जब कानको प्वालमा सर्प यसरी अड्कियो (भिडियो)

9

जब कानको प्वालमा सर्प यसरी अड्कियो (भिडियो)

एजेन्सी–अमेरिकाको ओरेगनमा बस्दै आइरहेकी ऐशली ग्लाँईसँग एउटा घरपालुवा पाइथन रहेको थियो । ऐशलीलाई पाइथन अत्यन्त प्यारो थियो र पाइथनसँगै खेलेर उनी दिन बिताउने काम गर्थिन् । यसैबीच पाइथन कान छेडेको प्वालमा पस्न खोज्यो ।

यसैबीच पाइथन कान छेडेकाे प्वालमा अड्किन पुग्यो ।

यसपश्चात उनलाई तुरुन्त अस्पताल लिएर गइयो । डाक्टरले उनलाई तुरुन्त इमरजेन्सीमा भर्ना गरे । तर, यो मुश्किलबाट बाहिर निस्कनुपुर्व उनले सेल्फी लिएकी थिइन् । उक्त सेल्फीलाई उनले फेसबुकमा अपलोड गरेकी पनि थिइन् । त्यसपश्चात उक्त तस्बिर भाइरल भएको थियो । यो तस्बिर हाल हजारौ मानिसहरुले शेयर गरिसकेका छन् ।

उक्त पललाई उनले जीवनको सबैभन्दा पागलपनले भरिएको समय बताइन् । यो घटना खेल्दाखेल्दै यति अचानक भइसकेको थियो कि उनले होसै पाइनन् । यसबारे ध्यान पाउँदा निकै ढिला भइसकेको थियो । उनलाई डर थियो कि पाइथनलाई डाक्टरले केही गर्नेछन् ।

तर, त्यस्तो भएन । पाइथनलाई कुनै हानी नगर्दै, बिना कानको अप्रेशन पाइथनलाई कानको प्वालबाट निकालिएको थियो ।

Loading...