यस्तो काम गरेर कमाउनुहोस् महिनामै १ लाख

30

यस्तो काम गरेर कमाउनुहोस् महिनामै १ लाख

यदि तपाई उच्च पारिश्रमिक भएको कामको खोजीमा हुनुहुन्छ र पाइरहनुभएको छैन भने त्यसको मतलव हो, तपाईले कतै गलत ठाउँमा प्रयास गरिरहनु भएको छ ।

कुनै योग्यता हासिल गरेर काम त पाइएला । तर तलवमा तपाईको चित्त नबुझ्ला । नेपालमा पारम्परिक नोकरीको रफ्तार केही कम छ । तर डिजिटल अर्थव्यवस्था भने तीब्र गतिले अगाडि बढिरहेको छ ।

यद्यपि नयाँ क्षेत्रका कामहरु सीपमा आधारित हुन्छन् । यसका लागि तपाईले केही सर्ट–टर्म कोर्स भने गर्नै पर्छ । यहाँ हामीले यस्ता कामबारे उल्लेख गरेका छौं । जो काम गर्न तपाईले डिग्री नै हासिल गर्नु पर्दैन् । तर मनग्य कमाउन सकिन्छ ।

इथिकल ह्याकिङ कोर्ष

ह्याकिङ यस्तो शब्द हो, जसबाट धेरैजसो मानिसहरु दूर रहन चाहन्छन् । तर इथिकल ह्याकिङ केही व्यक्तिका लागि इन्टरेस्टिङ र रोचक चीज हो । यदि तपाई साइबर गीक हो र तपाईमा ह्याकिङको ज्ञान छ भने तपाई यो काम गर्न सक्नुहुन्छ । इथिकल ह्याकर मूलतः कीवोर्डबारे जानकार हुन्छन् । जो इन्टरनेटको माध्यमबाट व्यक्ति, कम्पनी तथा सरकार समेतको पनि गोपनिय सूचना सुरक्षित राख्न मद्दत् गर्छन्

यसका लागि विभिन्न संस्थाले इथिकल ह्याकिङका लागि सर्टिफाइड सेक्युरिटी एनालिस्ट, सर्टिफाइड फोरेन्सिक इन्भेस्टिगेटर, आईटी सेक्युरिटी तथा ह्याकिङमा डिप्लोमा लगायत अन्य कोर्ष सञ्चालन गर्ने गर्छन् ।

यस्तो कामबाट नेपालमा एक व्यक्तिले मासिक ६०००० भन्दा बढी कमाउन सकिन्छ । साथै यो काम अनलाइनबाट पनि गर्न सकिने भएकाले अन्य देशको काम गरेर पनि थप कमाइ गर्न सकिन्छ ।

सर्च इन्जिन अप्टीमाइजेशन कोर्स

अहिलेको अवस्थामा सर्च इन्जिन अप्टीमाइजेशन (एसईओ) कोर्स कम मेहनतमै धेरै आम्दानी गर्नका लागि एक उपयुक्त विकल्प हो । एसईओ प्रोफेशनल सर्च इन्जिनमा वेबसाइटको भ्युअर्स बढाउने काम गर्छ । सिधा अर्थमा भन्नु पर्दा यसको मुख्य काम गूगल र्याङकिङमा आफ्ना ग्राहकको वेबसाइटलाई टप सर्च रिजल्ट लैजानु हुन्छ ।

अहिले नेपालमा निजी क्षेत्रका केही शैक्षिक संस्थामा यस्तो कोर्षको पढाई हुन्छ । यस्तो कोर्ष डिप्लोमा लेभलको हुन्छ । यस्तो कोर्ष गर्दा नेपालमा मासिक ३५ हजारदेखि ७० हजार रुपैयाँसम्म कमाउन सकिन्छ । यो पनि इन्टरनेटमा आधारित काम भएकाले एकभन्दा बढी कम्पनीसँग संलग्न भएर थप आम्दानी गर्न सकिन्छ ।

ग्राफिक डिजाइनिङ कोर्स

यदि तपाई आफ्नो बिचार तथा अवधारणालाई भिजुअलाइज गर्न सक्नुहुन्छ र त्यसलाई उत्कृष्ट रुपमा प्रस्तुत गर्न सक्नुहुन्छ भने तपाईले यो कोर्स गर्नु जरुरी छ । ग्राफिक डिजाइनर मूल रूपमा आकर्षक कवर पेज अथवा पत्रिका, अखवार या सामाजिक सञ्जालका सबै इन्फोग्राफिक्सको काम गर्छन् ।

ग्राफिक डिजाइनिङका लागि नेपालमा अहिले ३ देखि ४ महिनाको छोटो कोर्स सञ्चालन हुन्छन् । यस्तै तपाईले फोटोसप, कोरल ड्र तथा इनडिजाइन जस्ता सफ्टवेयरहरुमा मास्टरी हासिल गरेर कुनैपनि क्रिएटिभ डाइरेक्टर, लोगो डिजाइनर, भिजुअल इमेज डेभलपर, इन्टरफेस डिजाइनर, आर्ट प्रोडक्शन म्यानेजरको रुपमा काम गर्न सक्नुहुनेछ । यस्तो काम गर्नेले नेपालमा मासिक ४० देखि ६० हजारसम्मको पारिश्रमिक पाउँछन् । यो काम पनि तपाईले इन्टरनेटका माध्यमबाट अन्य कम्पनी तथा व्यक्तिसँग पनि गर्न सक्नुहुन्छ । जसबाट थप आम्दानी पनि गर्न सकिन्छ ।

वेब डिजाइनिङ कोर्स

विश्वव्यापी रुपमा नै अहिले सबैभन्दा बढी कामदार माग हुने काम हो, वेब डिजाइनिङ । आजकल हरेक व्यक्ति आफ्नो दायरलाई इन्टरनेटसम्म पुर्याउन चाहन्छ । यसका लागि उसले आफ्नो व्यक्तिगत तथा कम्पनीको वेबसाइट बनाउनु जरुरी हुन्छ । नेपालमा वेब साइट डिजाइनिङ तथा डेभलपिङको छोटो तथा लामो कोर्स सञ्चालन भइरहेका हुन्छन् । यो कोर्ष गरेर नेपालमै तपाईले ५० हजार देखि १ लाख ५० हजार रुपैयाँसम्म मासिक रुपमा कमाउन सक्नुहुन्छ ।

Loading...