मेरो विवाहको कुरा चलिरहेको छ,खुसी छु तर मेरो मुख साह्रै गन्हाउछ ,मैले के गर्नुपर्ला ?

55

मेरो विवाहको कुरा चलिरहेको छ,खुसी छु तर मेरो मुख साह्रै गन्हाउछ ,मैले के गर्नुपर्ला ?

रो विवाहको कुरा चलिरहेको छ । विवाहको कुराले खुसी त छु तर मेरो मुख साह्रै गन्हाउने गर्छ । यही कारण मलाई विवाह पनि नगरौँ कि जस्तो लागिरहन्छ । अब मैले के गर्नुपर्ला ?

मुख गन्हाउने समस्या धेरै कारणले सृजना हुन्छ । मुखमा दुर्गन्ध भएको मानिसले कुरा गर्दा वा सास फेर्दा उसको मुखबाट निस्कने हावा पनि दुर्गन्धित हुन्छ ।

मानिसले यो समस्याका बारेमा जानीजानी पनि हेलचेक्र्याई गरिरहेका हुन्छन् । मुख गन्हाउने धेरै कारण भएपनि सामान्यतया मुखबाट दुर्गन्ध आउनुमा दाँत र गिजामा समस्या आउनु, दाँतमा फोहोर जम्नु, टन्सिलको संक्रमण, नाक वा साइनसमा विकार आउनु, मुखमा घाउ निस्कनु, स्वासनली वा फोक्सोमा समस्या हुनु मुख्य कारण हुन् ।

तपाईको हकमा के कारणले मुख गन्हाउने समस्या देखिएको हो, ठ्याक्कै प्रश्नमा स्पष्ट नभएकाले तपाईले सर्वप्रथम कुन समस्याले मुख गन्हाएको हो भन्ने पत्ता लगाउनु पर्छ ।

यसका लागि तपाईले व्रेथ टेस्ट गर्नु पर्ने हुन्छ । व्रेथ टेस्टपश्चात के कारणले मुख गन्हाएको पत्ता लागेपछि चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्ने हुन्छ । उपचारपश्चात मुख गन्हाउने समस्या हट्ने भएकाले तपाईले पहिला उपचार गरेर विवाह गर्न सक्नुहुने छ । डा. सुशील कोइराला, वरिष्ठ दन्तरोग विशेषज्ञ ! अमेरिका नेपाल

Loading...