उचाईसँग खुसी हुनुहुन्न ? सागसब्जीमार्फत बढाउनुहोस् कुनै पनि उमेरमा उचाई

23

एजेन्सी । यदि तपाईं किशोरावस्था पार गरिसक्नुभएको छ र आफ्नो उचाईसँग खुसी हुनुहुन्न र आफ्नो हाइट बढाउने चाहमा हुनुहुन्छ भने आफ्नो आहारमा केही सागसब्जी समावेश गरेर केही इन्च अग्लो हुनसक्नुहुन्छ ।

१. सागसब्जीको मद्दतले बढाउनुहोस् केही इन्च उचाईःआजकाल अग्लो देखिनु हामीमध्ये धेरै मानिसहरुका लागि एक सपनाजस्तो हो । अग्लो, गहुँगोरो र आकर्षक पुरुष सबैलाई मनपर्छ । यस्तै, अग्ली र दुब्ली महिलालाई सुन्दर मानिन्छ । यद्यपी, तपाईंको उचाई एक निश्चित सीमासम्म आनुवंशिकीमा निर्भर गर्दछ र साधारणतया एक व्यक्तिको उचाई किशोरावस्थासम्म पुगेपछि बढ्न बन्द हुन्छ । यदि तपाईं आफ्नो किशोरावस्था पार गरिसक्नुभएको छ र तपाईं आफ्नो उचाईसँग खुसी हुनुहुन्न भने आफ्नो खानामा यी सागसब्जी समावेश गर्नुहोस् । सागसब्जीले राम्रो स्वास्थ्य प्रदान गर्नुका साथै शरिरको समुचित कार्यमा मद्दत गर्दछ । यसका साथै सागसब्जी शरिरमा हर्मोन र उचित श्रावलाई नियमन बनाइराख्न मद्दत गर्दछ ।

२. ग्रोथ हर्मोनले समृद्ध शलगमः

शलगम ग्रोथ हर्मोनले समृद्ध हुन्छ र नियमित रुपमा शलगमको सेवनले उचाई बढाउनमा सहयोग गर्दछ । यसका साथै शलगममा भिटामिन, मिनरल, फाइबर, प्रोटिन, कोलेस्ट्रोल र फ्याटले भरपुर हुन्छ । तपाईंले यसलाई पकाएर वा अन्य सागसब्जीमा मिलाएर खानसक्नुहुन्छ ।

३. पोषक तत्वले भरिएको गेडागुडीः

गेडागुडीमा फाइबर, फोलेट, प्रोटिन, भिटामिन र कार्बोहाइड्रेटले भरपुर हुन्छ र यसलाई पोषक तत्वले भरपूर मानिन्छ । अध्ययनका अनुसार प्रोटिनले समृद्ध भएका कारण गेडागुडीको नियमित सेवनले उचाई बढाउन सहयोग गर्दछ । उमालेको गेडागुडीलाई सलादमा वा अन्य खानेकुरामा मिलाएर खाँदा ग्रोथ हर्मोनलाई प्रोत्साहित गर्ने गर्दछ ।

४. उचाई बढाउन मद्दत पुर्याउने ब्रोकाउली :ब्रोकली उचाई बढाउन सहयोग गर्ने एक महत्वपूर्ण तरकारी हो । ब्रोकलीले शरिरमा ग्रोथ हर्मोनलाई उत्तेजित गरेर उचाई बढाउन सहयोग गर्दछ । साथै, यसले शरिरको कार्यलाई सही तरिकाले गर्न मद्दत गर्दछ । ब्रोकलीमा फाइबर, स्वस्थ भिटामिन र भिटामिन सी र आइरन प्रचुर मात्रामा पाइन्छ । यसका साथै यसमा एन्टी क्यान्सर गुणका साथै फाइबर अत्यधिक मात्रामा पाइन्छ ।

५. मिनरल र भिटामिनले समृद्ध मटरःमटरमा अत्यधिक मात्रामा पोषक तत्व पाइने भएकाले यसले उचाई बढाउनका लागि सहयोग गर्दछ । यसमा पाइने मिनरल र भिटामिन, फाइबर र ल्यूटिनले स्वास्थ्यमा सकारात्मक असर पुर्याउने गर्दछ भने यसलाई खानामा नियमित समावेश गर्दा ग्रोथ हर्मोनलाई उत्तेजित गराएर उचाई बढाउन सहयोग गर्दछ । याद राख्नुहोस्, आफ्नो नियमित आहारमा सुकेको मटरको ठाउँमा हरियो र ताजा मटरलाई समावेश गर्नुहोस् ।

६. अन्य तरकारीःयसका साथै भिंडी, पालुङ्गोमा भिटामिन, मिनरल, प्रोटिन, फाइबर, आइरन र थुप्रै अन्य पोषक तत्व पाइन्छ जसले शरिरमा ग्रोथ हर्मोनलाई उत्तेजित गरेर उचाई बढाउनमा मद्दत गर्दछ ।

Loading...