ह्वातै घट्यो सुनको भाउ

24

काठमाडौं। यो साता सुनको भाउ लगातार घट्ने क्रम जारी छ । आज सुनको भाउ प्रतितोला चार सय रुपैयाँ घट्दा ५४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ प्रतितोला ५५ हजार एक सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ पनि १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Loading...