घरेलु कामदारदेखि ब्यापार गर्नेसम्मको कर्मचारी सञ्चय कोष कटौती हुने, ऋण लिन पाइने

21

काठमाडौं। आफ्नै व्यवसाय गर्नु भएको छ भने पनि अब कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्न पाइने भएको छ। ऐनमार्फत सञ्चय कोषको अधिकार क्षेत्र बढाइएपछि सरकारी तथा संगठित क्षेत्रमा काम गर्ने वाहेकले पनि पैसा जम्मा गर्न पाउने भएका छन्।

अरुको जागिर खानेको मात्र सञ्चय कोषमा रकम जम्मा हुँदै आएकोमा अब स्वरोजगारको पनि रकम जम्मा हुन्छ। निजी रुपमा सञ्चालित व्यवसाय वा रोजगारीबाट आय आर्जन गर्ने इन्जिनियर, चिकित्सक, कानुन व्यवसायी, लेखा परीक्षकलगायतका पेशा व्यवसाय गर्ने व्यक्ति वा उसँग सम्बद्ध कर्मचारीले सञ्चय कोषमा रकम जम्मा गर्न पाउने छन्।

वैदेशिक रोजगारमा संलग्न व्यक्ति, अस्थायी वा सेवा करारमा कार्यरत व्यक्ति, घरेलु कामदार, कृषक, असंगठित क्षेत्रमा कार्यरत श्रमिक, चिया वगानका श्रमिक तथा सहकारी संघ संस्थामा कार्यरत कर्मचारीसमेतले रकम जम्मा गर्न पाउँछन्।

सञ्चय कोषमा रोजगारदाताबाट १० प्रतिशत र जागिरको तलवबाट १० प्रतिशत रकम कटौती गरि जम्मा हुन्छ। सञ्चय कोषमा रकम जम्मा हुँदा उसले दिने ब्याज तथा वोनस आम्दानीका साथै ऋण पनि पाइन्छ। यसवाहेक सञ्चय कोषले लगानी गरेका आयोजनाहरुको सेयर पनि पाउन सकिन्छ।

Loading...