धोनी भारतीय टिमबाट विस्थापित हुने संकेत !

29

धोनीलाई भारतीय कप्तानबाट हटाउन शास्त्रीको प्रस्ताव

१८ जेठ, एजेन्सी ।

भारतीय क्रिकेट टिमका पूर्व डाइरेक्टर रवि शास्त्रीले एक दिवसीय टिममा महेन्द्र सिंह धोनीलाई कप्तानबाट हटाएर विराट कोहोलीलाई कप्तान बनाउन सुझाव दिएका छन् ।

यदि आफू चयनकर्ताको टिममा भएमा धोनीको ठाउँमा कोहोलीलाई कप्तान बनाएर धोनीलाई कोहोलीको कप्तानीमा खेलाउने समेत शास्त्रीले बताएका छन् । अव विराट कोहोली जनुसुकै फर्म्याटमा पनि लिड लिन तयार रहेको भन्दै उनले धोनीले नै विराटलाई तयार पारेको बताएका छन् ।

ms dhoni

धोनीले सन् २०१४ मा टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । तर उनी अहिले पनि एकदिवसीय र टी-२० क्रिकेटको कप्तान धोनी नै छन् ।

यी हुन् संसारका सबैभन्दा धनी १० क्रिकेटर

इण्डियन प्रिमियर लिग आइपिएल सकिएपछिको अन्तर्वार्तामा शास्त्रीले धोनी खेलाडीकोरुपमा अझै पनि योगदान दिन सक्ने तर कप्तान भने कोहोलीलाई बनाउनु पर्ने बताएका छन् । धोनीलाई हटाउने निर्णय लिन कठिन भएपनि अव उनलाई हटाउने समय आएको समेत शास्त्रीको भनाइ छ ।

यस अघी पनि धोनी र शास्त्रीकोबीच मन मुटाव रहेको र उनले कोहोलीलाई कप्तान बनाउन चाहेको चर्चा बाहिर आएको थियो ।

Loading...